लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना संक्रमण

काठमाण्डु – लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान आएको रिपोर्टमा मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । संक्रमित मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । मन्त्री केसी अहिले होम आइसोलेसनमा बसिरहेका छन् ।