काठमाण्डु – सरकारले काठमाण्डु उपत्यका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएको छ । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले काठमाण्डु उपत्यका कोरोनाको उच्च जोखिममा रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् । ‘काठमाण्डु उपत्यका कोरोनाका उच्च जोखिम छ । धेरै संक्रमित काठमाण्डु उपत्यकामा छन् । काठमाण्डु उपत्यकावासीले उच्च सावधानी अपनाउनु हुन…