एमाले र माओवादी केन्द्र ब्यूँतिएको पत्र संसद सचिवालय पुग्यो, प्रचण्ड–माधव नेपालकाे सिट अलग

काठमाण्डु – आजको प्रतिनिधि सभाको बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन् । निर्वाचन आयोगले संघीय संसद सचिवालयलाई एमाले र माओवादी केन्द्र अलग भइसकेको पत्र पठाएसँगै बस्ने ठाउँ पनि फरक भएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले सत्तापक्षकै लाइनमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । आजको…