काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले सुरक्षा निकायमा रहेको श्रीमती संघहरु खारेज गर्न माग गरेकी छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेतृ भुसालले यस्ता संघसंस्थाबाट महिलाको अधिकार प्राप्त नहुने भन्दै सेना–प्रहरीको श्रीमती संघहरु खारेज गर्न माग गरेकी हुन् । उनले सो संघहरु दासीहरुको संगठन रहेको समेत आरोप लगाइन्…