ओलीलाई भेटेपछि नेपालको प्रतिक्रिया : अब मिल्ने सम्भावना छैन

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री अ‍ोलीसँगको भेटका क्रममा कुनै पनि सहमति नभएको बताएका छन् । बिहीबार मेरियट होटलमा भएको भेटवार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले वार्ताबाट कुनै निकास ननिस्किएको बताएका हुन् । नेता नेपालले प्रधानमन्त्री ओलीसँग मिल्ने सम्भावना नरहेको बताएका छन् । आजको भेटमा तिक्ततापूर्ण वार्ता भएको बताएका छन् ।…