कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा महादेवप्रसाद यादव नियुक्त

काठमाण्डु – नेपाल कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा महादेवप्रसाद यादव नियुक्त भएका छन् । बुधबार बिहान बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले पूर्वमहान्यायाधिवक्ता यादवलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गरेको हो । कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका थिए ।