मुखर्जीको निधनपछि प्रधानमन्त्रीले भनेः नेपालले महान मित्र गुमायो

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीका निधनप्रति दुःख व्यक्त गरेका छन् । मुखर्जीको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । प्रधानमन्त्री ओलीले शोक सन्तप्त परिवारका सदस्यप्रति समवेदना व्यक्त गरेका छन् । त्यस्तै उनले नेपालले महान मित्र गुमाएको बताएका छन् । ‘उहाँको निधनमा नेपालले एक महान मित्र गुमाएको छ ।…