काठमाण्डु – माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समिकरणको बहस भईरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने निर्वाचन केन्द्रीत छलफलमा जुटेको छ । २०७२ सालमा भएको महाधिवेशनपश्चात् कांग्रेसको विधानअनुसार चार वर्षभित्र अर्को महाधिवेशन भइसक्नुपर्थ्यो । तर, पार्टीभित्रको आन्तरिक किचलोका कारण समयमा महाधिवेशन गर्न नसकिएको भन्दै गत वर्ष पौषमा विधानबमोजिम एक वर्ष समय थपिएको…