काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा प्रतिगमन नभएको दाबी गरेका छन् । बुधबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहाना पुरा हुन नसक्दा प्रतिगमन भन्दै गलत हल्ला फैलाएको बताए । ‘केही व्यक्ति आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भो भनेर कराइरहेका छन्, लुटपाट गरेर भए पनि…