काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को जोखिम बढेकाले यसविरिुद्धको लडाइँमा सकारात्मक सहयोगको अपेक्षा गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउन पनि आग्रह गरेका छन् । ‘सिङ्गो मानवजगत् यतिबेला कोभिड–१९ सँग जुधिरहेको छ । नेपाल सरकारले पनि कोभिड–१९…