काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता सुरु भएकाे छ । पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि केही समयदेखि ओली प्रचण्डबीच वान टू वान वार्ता हुँदै आइरहेको छ । आज पनि पुरानै विषयमा छलफल हुने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।…