वडासम्म इन्टरनेटको सहज पहुँच पुर्‍याउने काम पहिलो प्राथमिकतामा: सञ्चारमन्त्री गुरुङ

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छन् । गैरसरकारी संस्था महासङ्घ नेपालले आज आयोजना गरेको ‘खुला सरकारः नागरिक साझेदारी’ विषयको ‘भर्चुअल कार्यक्रममा सरकारका प्रवक्ता गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने गरी सूचना प्रविधिको विकास गर्न पनि पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर…