काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नयाँपुस्ताका नेताहरुको वाहुल्यता रहनेगरी सचिवालयको पुनर्गठन गर्न माग गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया सुरु गर्नुपर्ने बताएका हुन् । ‘नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपुस्ताका नेताहरुको वाहुल्यता रहनेगरी सचिवालयको पुनर्गठनबाट सुरु…