काठमाण्डु – लामो समयपछि संवैधानिक निकायका रिक्त पदमा पदाधिकारी नियुक्ति गरिएसँगै तिनका गतिविधि चलायमान हुने विश्वास गरिएको छ । संवैधानिक परिषद्को सिफारिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज रिक्त पदमा विभिन्न पदाधिकारी नियुक्त गरेका थिए । नवनियुक्त पदाधिकारीले आजै शपथ लिइ कार्यभार सम्हालेका छन् । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाले गरेका काम कारवाहीमाथि निष्पक्ष र…