काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली संघीयता सम्बन्धमा पटक–पटक विवादित बयान दिने गर्छन् । संविधान अनुसार संघीयताको कार्यान्वयनबाट बनेका प्रदेश र स्थानीय सरकारलाई प्रधानमन्त्री ओलीले संघ सरकार मातहतका निकाय भनेर भाषण गर्दै आएका छन् । भाषण र बयान मात्रै होइन, प्रदेश प्रहरीको समायोजनमा भइरहेको ढिलाइ, कतिपय सरकारी निर्णय र संघीयता कार्यान्वयनमा विलम्ब हुँदा प्रधानमन्त्री ओलीलाई…