काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नीतिगत सुधार नगरेसम्म ‘कस्मेटिक’ परिवर्तनको कुनै अर्थ नरहने दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सम्सयाको चक्रब्यूहबाट देशलाई मुक्त गराउन सरकार र दलबाट सम्भव नभएको बताएका छन् । ‘समस्याको वर्तमान चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन व्यक्ति, दल वा सरकार परिवर्तनबाट मात्र संभव छैन ।…