कोरोना महामारीविरुद्धको लडाईंमा काठमाण्डु पछाडि पर्‍योः मन्त्री ज्ञवाली

काठमाण्डु – सरकारले कठामाण्डु उपत्यका कोरोना भाइरसको संक्रमण नियन्त्रणमा पछि परेको बताएको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्य जिल्लाको तुलनामा काठमाण्डु उपत्यका कोरोना नियन्त्रणमा असफल बनेको संकेत गरेका छन् । ‘बाहिरी जिल्लामा कोरोना व्यवस्थापन राम्रै भए पनि काठमाण्डुमा प्रभावकारी भएन । काठमाण्डु धेरै हिसाबले देशलाई नमुना…