काठमाण्डु – नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरे । ‘शान्तिपूर्ण आन्दोलनमार्फत वार्ताका माध्यमबाट गरिएको सहमति लागू नगर्ने प्रपञ्च रचेर पदाधिकारीको निर्देशनमा उपप्राध्यापकमाथि आक्रमण भएको हो’, उनले भने ।…