काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक आह्वान गरिएको हो । आजको बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ । सरकारले जेठ ३२ गतेसम्म लकडाउन लगाएको छ ।…