काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई बदनाम गराउन प्रतिपक्षीहरू लागिपरेको आरोप लगाएका छन् । मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अभिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षीहरू सरकारलाई बदनाम गराउन र झुट फैलाउन सक्रिय रहेको बताएका हुन्। उनले भने ‘केही मानिसहरू समृद्ध नेपाल खुसी नेपाली राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेका छन्, त्यो स्वाभाविक पनि हो,’…