काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले रुकुम पश्चिमको नरसंहारले सबैको अनुहारमा कालो पोतेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो अमानविय र क्रुर घटनालाई भवितव्य हो भनेर देखाउन घटनालाई ढाकछोप गर्ने काम भएको भन्दै आपत्ति जनाएका छन् । ‘घटनाको जरामा रहेको उच्च जातिय अहंकारको ढाकछोप गर्न संगठित प्रयत्न…