काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले युवालाई स्वदेशमै रोजगारी दिन सरकारसँग माग गरेको छ । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा रोजगारीका लागि दिनहुँ ठूलो संख्यामा युवाहरु भारत गइरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई रोजगारीको गरेण्टी गर्न सरकारसँग माग गरेकी छन् ।…