कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्ने सरकारको घोषणा

काठमाडौं – सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति विद्या भण्डारीले संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने बताएकी हुन् । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ,’ राष्ट्रपति भण्डारीले…