काठमाण्डु – कारागारमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि संसदीय समितिले कैदीबन्दी व्यवस्थापन गर्ने सन्दर्भमा यसअघि दिएका सुझाव र निर्देशनलार्ई गम्भीरतापूर्वक लिई शीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देश गरेको छ । केन्द्रीयसहित मुलुकका विभिन्न कारागारमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई उक्त निर्देश गरेको हो । भर्चुअल माध्यमबाट बसेको समितिको बैठकले कोभिड–१९ को सङ्क्रमण…