काठमाण्डु – गण्डकी प्रदेश सरकार तीन वर्ष पुगेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन वर्ष पुगेको अवसरमा सरकारका प्रगती सार्वजनिक गरेका छन् । सरकारले विद्युत, यातायात–सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, उद्योग, कूटनीतिलगायतका क्षेत्रमा प्रगती हाँसिल गरेको जनाएको छ । मुख्यमन्त्री गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताए…