काठमाण्डु – प्रदेश नं. १ मा नेकपा एमालेले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । दलका नेता मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बुधबार बसेको बैठकले १५ सदस्य रहेको बोर्ड गठन गरेको हो । बोर्डको सदस्यमा माधवकुमार नेपाल समूहका सांसदहरूलाई पनि राखिएको छ । बोर्डको सदस्यमा नेपाल समूहका यशोदा अधिकारी, तुलसी न्यौपाने र लिलाबल्लभ अधिकारी रहेका…