काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको संवैधानिक परिषद अध्यादेशमा आफ्नो पार्टीको विमति रहेको स्पष्ट पारेका छन् । मंगलबार सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न अध्यादेश ल्याएपछि सभापति देउवाले सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हाँस्यास्पद रहेको बताए । प्रमुख प्रतिपक्षी…