काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ वटा प्रश्न सोधेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधनलाई लिएर सांसद थापाले बुधबार पत्रमार्फत ११ वटा प्रश्न राखेका हुन् । संसद स्थगित भएको अवस्थामा आफूले प्रधानमन्त्रीलाई पत्रबाट नै प्रश्न राख्नुपरेको थापाले उल्लेख गरेका छन् । ‘प्रधानमन्त्रीज्यू, संसद…