काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छोड्ने चेतावनी दिएका छन् । बिहीबार बुटवलमा भएको विरोधसभामा बोल्दै नेता भुसालले संसद विघटन असंवैधानिक कदम भएको भन्दै प्रधानमन्त्री ओलीलाई घुँडा टेकाएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘ओलीजीले संसद र पार्टीलाई साथमा लिएर आफ्ना कार्य पूरा गर्नुपर्ने थियो…