यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (पूर्णपाठ)

काठमाण्डु – मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार लगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ ।…