काठमाण्डु – प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र निम्तिएको संकट जति गहिरो छ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र त्यत्तिकै गहिरो द्विविधा देखिएको छ । नेकपा विभाजनले कांग्रेससामु अवसरको ओइरो लागेपनि कुन अवसरलाई रोज्ने भनेर अन्तर्संघर्ष चर्किंदैछ । प्रदेश सरकार पुनर्गठनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली वा प्रचण्ड–नेपाल कुन समूहसँग मिल्ने भन्ने द्विविधा कांग्रेसमा…