काठमाडौं – नागरिकतासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले फरक–फरक मत राखेका छन् । मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका सांसद र नेकपाका सांसदहरुले फरक मत राखेका हुन् । नेकपाका सांसदहरुले बिहे गरेर नेपाल आउने विदेशीलाई ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र नागरिकता दिनुपर्ने सुझाव प्रस्तुत गरेका थिए । पुरूषको हकमा…