कञ्चनपुर – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेको बताएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापनाको अन्तिम तयारीमा रहेको दैजी–छेला ओद्योगिक निर्माण स्थलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा मन्त्री भट्टले कमजोर अर्थतन्त्र भएको मुलुक भए पनि कोरोना सङ्क्रमण नियन्त्रणमा जिम्मेवार भएर सरकार अघि बढिरहेको बताए । पिसीआर विधिबाट गरिने कोरोना…