पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने कांग्रेसको निर्णय

काठमाण्डु – नेपाली कांग्रेसले सांसद सूर्यबहादुर के.सी.को निधनप्रति पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको पार्टी सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए…