काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयबाट आजित बनेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार जान छोडेसँगै नेकपाको विवाद उत्कर्षमा पुगेको हो । दुवै जना अध्यक्षबीच विवाद उत्पन्न भएपछि ओली पक्षका नेताहरुले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको…