काठमाडौं – उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा बादललाई उपत्यकाको आवत जावतमा कडाइ गर्न माग गरेका छन् । बिहीबार मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन वटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका पालिकाका प्रमुखको संयुक्त बैठकमा यस्तो सुझाव दिइएको नगरपालिका फोरमका अध्यक्षसमेत रहहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए…