२५ गतेपछि लकडाउन खुकुलो पार्ने स्वास्थ्यमन्त्रीको संकेत

काठमाडौं – सरकारले वैशाख २५ गतेपछि लकडाउन केही खुकुलो पार्ने संकेत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सम्भावित जोखिमलाई मध्यनजर गर्दै लकडाउन केही खुकुलो पार्ने जानकारी दिए । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरे । उनले सबै क्षेत्रबाट सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै…