काठमाण्डु –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चाँडै मन्त्रिमण्डल पुर्नगठन गर्ने सहमति भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा केहीदिनभित्रै मन्त्रिमण्डल पुर्नगठन गर्ने सहमतिमा दुवै अध्यक्ष पुगेका हुन् । आजको भेटवार्तामा दुवै अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ । नयाँ मन्त्रीको नाम सिफारिसलगायतका विषयमा…