दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं – सरकारले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । अध्यादेशमार्फत राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी ऐनको संशोधन अध्यादेशबाट पारित गराएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेकपाभित्र र बाहिर विवाद बढेको थियो । नेकपाका अर्का अध्यक्ष प्रचण्डसहितका सचिवालयका ६…