नेकपाको निर्णयमा कांग्रेसको असन्तुष्टी, सभामुखमा सापकोटाविरुद्ध उम्मेद्वारी दिने

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ज्यान मुद्दामा किटानी परेका अग्नि सापकोटालाई सभामुखमा प्रस्ताव गरेपछि आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै नेकपाले सापकोटालाई सभामुखमा प्रस्ताव गरेपछि आपत्ति जनाएका हुन् । सापकोटाविरुद्ध काभ्रेमा १० वर्षअघि अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी…