नेपालले एमसीसी स्वीकार्दा परराष्ट्र नीतिको उल्लंघन हुन्छः मोहनविक्रम सिंह

काठमाडौं – नेकपा मसालका महासचिव मोहनविक्रम सिंहले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) इन्डो प्यासिफिक रणनीतिकै अंग रहेको दाबी गरेका छन् । बुधबार काठमाडौंमा पत्रकारहरुमाझ अर्धभूमिगत रहेका महामन्त्री सिंहले एमसीसी स्वीकार्दा नेपालको परराष्ट्र नीतिको उल्लंघन हुने दाबी गरेका छन् । ‘एमसिसी इन्डो प्यासिफिककै अंग हो । अमेरिकी साम्राज्यवादी स्वरुपको इन्डो प्यासिफिककै अंग भएकाले यसलाई नेपालले…