राष्ट्रिय सभामा योग्य उमेदवारलाई जिताउनूसः डिला संग्रौला

विराटनगर – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डिला संग्रौलाले सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा उद्धत रहेको बताएकी छन् । नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा राष्ट्रियसभाका उमेदवारसँग राखेको अन्तरसंवाद तथा पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले भनिन्, ‘सामाजिक सञ्जालदेखि जनताले गरेको कुराकानीसमेत ट्यापिङ गर्ने कानुन निर्माणमा सरकार सक्रिय छ । कांग्रेसले गरेको विरोधका बाबजुद…