न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच पुर्‍याउन खोजेको होइनः प्रचण्ड

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावबारे भ्रममा नपर्न आग्रह गरेका छन् । मंगलबार नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सचिवालय बैठकमा प्रस्ताव गरिएको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धीत नभई प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायपालिकाप्रतिको धारणा स्पष्ट पार्न खोजेको बताएका छन् । प्रचण्डले…