सन् २०३० सम्म प्रत्येक नेपालीको आय साढे १२ हजार डलर : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको बताएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ खहरेपाँगुमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)द्वारा नवनिर्मित चेतना माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा शनिबार उनले जनताको आवश्यकता र चाहनाअनुसार तीनै तहका सरकार विकासको महाअभियानमा भएकाले ‘मागपत्र युग’को अन्त्य भएको बताए । उनले भने,…