काठमाडौं – बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकः सुधार आएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न बिहिबार अस्पताल पुगेका रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको बताए । साथै मन्त्री पोखरेलले प्रधानमन्त्रीले बिहीबार बिहान कालो चिया पिएको समेत जानकारी दिए । उनले भने, 'प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा क्रमिक सुधार…