रास्वपामा उम्मेदवार छनोट तीव्र, १० जना निश्चित

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट तीव्र पारेको छ । अहिलेसम्म रास्वपाका ८ उम्मेदवार निश्चित भएको छ । पार्टीले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा बनाएको उम्मेदवार छनोट समितिले धमाधम उम्मेदवार छनोट गरिरहेको छ । रास्वपाले उम्मेदवारीका लागि पार्टीभित्रैबाट खुला दरखास्त मागेको थियो । २६ पुससम्मको समयसीमाभित्र १६५ क्षेत्रकै लागि करिब ७ सयले…