क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्‍याउनेहरू असफल भए : नेता शर्मा

काठमाण्डु – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् । आईतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला ३ दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा फस्नुका साथै गति र परिणामविहीन हुन…