काठमाण्डु – समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै नेता भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप लगाउँदै नेकपालाई अलमल नगरी प्रधानमन्त्री ओलीलाई पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका हुन् ।…