हेटौडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टीको वर्तमान स्वरुप निर्माणमा बालकुमारी थापाको योगदान अविस्मरणीय रहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले एक विज्ञप्ति जारी गर्दै थापा नेपाली कम्युनिष्ट आन्दोलनका अभिभावक रहेको जनाउँदै नेकपाको वर्तमान स्वरुप निर्माणमा उनले पु¥याएको योगदानको चिरकालसम्म स्मरण रहिरहने बताए । “उहाँको निधनले मकवानपुरे कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति भएको छ…