परराष्ट्रमन्त्री फागुन ५ गते बंगलादेश जाने

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आगामी फागुन ५ गते बंगलादेश जाने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीको भ्रमणलाई स्वीकृति दिएको हो । फागुन ५ गते ढाका गएर मन्त्री ज्ञवालीको भ्रमण टोली ७ गते स्वदेश र्फकने कार्यक्रम रहेको छ । केही समय अगाडि बंगलादेशका राष्ट्रपति अब्दुल हमिद अघिल्लो महिना नेपाल भ्रमणमा आएका थिए…