सामाजिक सुरक्षा योजनामा सहभागी हुने सबैले पेन्सन पाउँछन् : मन्त्री विष्ट

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भविष्यमा सबै नागरिकले पेन्सन पाउने बताएका छन् । उनले सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाले सबै जनताको जीवन सुःखमय बनाउन चाहेको बताउँदै मन्त्री विष्टले सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न पनि सबैलाई आग्रह गरे । शुक्रबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक अभिमुखिकरण कार्यक्रममा…