काठमाडौं – सत्तारूढ समाजवादी पार्टी, नेपालले सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपालाई पतनको दिशामा अघि बढेको टिप्पणी गरेको छ । बिहीबारबाट शुरू भएको सङ्घीय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेकपा दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेकाले संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन नसक्ने ठोकुवा गरिएको छ । ‘आउँदा केही वर्ष वा दशकभित्र…